मन्त्रिपरिषदको बैठक : लामो दुरीको यातायात भदौ मसान्तसम्म नखुल्ने

२०७७, १४ भाद्र आईतवार २३:०२

काठमाडौं । समुदायस्तरमा कोरोना संक्रमण भएपछी सरकारले भदौ मसान्तसम्म लामो दुरीका यातायात नचलाउने निर्णय गरेको छ। १५ भदौसम्म रोक लगाएको भएपनि कोरोना संक्रमण दर बढेपछि भदौ मसान्तसम्म नखोल्ने मन्त्रिपरिषदले निर्णय गरेको हो ।

सार्वजनिक यातायात नचल्दा सुनसान काठमाडौको चक्रपथ सडक । तस्बिर : भबिन्द्र गौतम

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हवाइ उडान, लामो दुरीको अन्तर जिल्ला यातायात, सिमानाकाबाट स्थलगत आवागमन, शैक्षिक संस्था लगायत भदौ मसान्तसम्म बन्द नै राख्ने निर्णय गरेको एक मन्त्रीले बताए । गएको ७ साउनमा बन्दाबन्दी अन्त्य भएपछि यी क्षेत्रहरु १ भदौबाट नै खुल्ने भनिएको थियो। तर, राजधानी उपत्यकामै संक्रमण बढेपछि १५ भदौसम्म बन्द रहने निर्णय भएको थियो ।
कोरोना संक्रमणका कारण गत चैत्र ११ पछि बन्द भएको यातायात सेवा हाल सम्म खुल्न सकेको छैन ।

Comments

ताजा खबर