रुपन्देहीमा लम्बियो निषेधाज्ञा

२०७७, १४ भाद्र आईतवार २२:११

रुपन्देही । जिल्लामा कोरोना सङ्क्रमणको दर बढीरहेकाले जारी निषेधाज्ञा भदौ २० गतेसम्म कायम रहने भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेश आइतबार राति १२ बजेसम्म कायम रहेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले रुपन्देहीमा जारी निषेधाज्ञा भदौको २० गते राति १२ बजेसम्म कायम राख्न सिफारिस गरे अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहिले अवधी बढाएको हो ।
रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । रुपन्देहीमा ८८० सङ्क्रमित छन् भने ९ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु