जनप्रतिनिधी कोरोना विमा गराउदै ।

२०७७, १४ भाद्र आईतवार १२:४४

भैरहवा, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ का वडा सदस्य सरोज ठकुरीले आफ्नो वडावासीहरुलाई कोरोना सम्बन्धी जानकारी गराउनका साथै उनीहरुलाई कोरोना विमाको बारेमा बताउदै दैनिक जसो घरदैलो अभियान सञ्चालन गरेका छन् ।

नेपालमा कोरोनाको संक्रमणदर उच्च देखिन थाले पछि जोखिम न्यूनिकरण गर्नुका साथै विमाले केहि भएपनि रहत पुग्ने विश्वास राख्दै अभियान चलाएको ठकुरीले बताए ।

विमा गर्न इच्छा हुँदा हुँदै पनि लकडाउनका कारण र घर बाहिर जाँदा कोरोनाको जोखिम रहेको कारणले मानिसहरु घर बाहिर निस्कन सकिरहेका छैनन् यस्तो समयमा आफ्नो जनप्रतिनिधि नै घर घर फाईल बोकि आएर विमाको फाईदा बताउँदा र विमा गर्न पाउँदा खुसी लागेको वडा वासीहरुले बताए । ३० वर्षीय ठकुरी न कुनै विमा कम्पनीका कर्मचारी हुन् न एजेन्ट नै, न कुनै कमिसन न फाईदा पुर्ण रुपमा समाज सेवामा लागि परेका छन् ।

वडाका सवै घरधुरीका व्यक्तिहरुलाई कोरोना विमा गराउने लक्ष्यका साथ लागि परेका ठकुरी ले आफ्नो वडा भित्रको ३५० वढिको विमा फारम भरिसकेको र ३००० व्यक्तिको बिमा गराउने लक्ष्य रहेको जानकारी दिए ।

१ लाख बरावरको विमाको लागि व्यत्तिगत गरे रु. १०००, परिवार वा कम्पनिका कर्मचारीहरुको विमा ६०० र नगरपालिकाको सिफारिसमा जम्मा ३०० मा गर्न सकिने लुम्विनि विमा कम्पनि भैरहवाका शाखा प्रमुख सतिस भुषालले जानकारी दिए ।

१३ वटा वडा रहेको नगरपालिकामा हाल वडा नं. ११ बाहेक सबै वडाहरुमा कोरोना संक्रमण पुष्टी भइ सकेको छ त्यसैले पनि विमा गराउने को संख्या उल्लेख्य हुने र केहि भए पनि राहत पुग्ने कुरामा वडा सदस्य ठकुरी ढुक्क छन् ।

हाल यो अभियानमा वडाध्यक्ष, अन्य सदस्य, र साथिभाईहरुको पनि सहयोग प्राप्त भएको पनि उनले बताए ।

Comments

ताजा खबर