थपिए ८ सय चौरासी जना कोरोना संक्रमीत

२०७७, १३ भाद्र शनिबार २१:०३

काठमाण्डौ । देशभर पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४२ महिला र ६४२ पुरुष गरी जम्मा ८८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

कोरोना संक्रमण बाट हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जना निको भएका छन् ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेका छ । जसमा होम आइसोलेसनमा ६ हजार ४४५ जना र संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा पीसीआर १० हजार ९७१ जनाको भएको छ भने क्वारेन्टिनमा हाल देशभर ८ हजार ३५ जना रहेका छन् ।
पछिल्लो समयमा उपत्यकाका तीन जिल्ला सबैभन्दा बढी प्रभाबित बनेका छन ।

Comments

ताजा खबर