थप ६ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लाका नाकाहरुमा कडाई

२०७७, १३ भाद्र शनिबार १८:५६

पाल्पा । समुदाय स्तरमा कोरोना संक्रमण पुष्टि भएको पाल्पामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार तिनाउ गाउँपालिकाका ६ पुरुषमा कोरोना संक्रमण देखिएको हो । भारत तथा अन्य स्थानबाट आएर क्वारेन्टाइनमा बसेका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
समुदायस्तरका ३ सहित कोरोना संक्रमितको कुल संख्या ५ सय ७९ पुगेको छ । शुक्रवार लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा तानसेन ८ कि महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । उनको मृत्युु पछि पाल्पामा कोरोना संक्रमण बाट मृत्यु हुने को संख्या २ पुगेको हो ।
कोरोना संक्रमितमध्ये ५ सय ६१ जना निको भएर घर फर्किएका छन । संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय पाल्पाले गत भदौ ५ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । पहिलो चरणमा १२ गते रातिसम्मको लागि जारी निषेधाज्ञालाई थपेर १९ गतेसम्म पुर्याइएको छ । शनिबारदेखि जिल्लामा प्रबेश गर्ने नाकाहरुमा थप कडाई गरिएको छ ।

Comments

ताजा खबर