एअर अरेबियाले पीसीआर रिपोर्ट नभएका यात्रु ल्याएपछि

२०७७, १३ भाद्र शनिबार १६:०४

काठमाडौं – एअर अरेबियाले पीसीआर रिपोर्ट नभएका यात्रु नेपाल ल्याएर दुःख दिएको गुनासो आएपछि पर्यटन मन्त्रालयले छानविन समिति गठन गरेको छ ।

भदौ ९ गते मंगलबार यूएईको सारजहाँबाट काठमाडौं आएको एअर अरेबियाको जहाजले ल्याएका एक सय ६१ नेपालीमध्ये १९ जनाको पीसीआर रिपोर्ट थिएन । पीसीआर रिपोर्ट नभएकैले उनीहरुले काठमाडौंमा क्वरेण्टीनको लागि निकै समस्या भोग्नुपरेको थियो ।

सरकारले विदेशबाट आउनेहरुको साथमा अनिवार्य पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्ने नियम बनाएको छ । त्यसो नभएमा सम्पूर्ण यात्रुको होटल क्वरेण्टीन खर्च सम्बन्धित एअरलाइन्सले नै बेहोर्नुपर्ने सरकारले जनाएको छ ।

यसको छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा संयोजक रहेको तीन सदस्यीय समिति गठन गरेको हो । शुक्रबार गठन भएको समितिले तीन दिनभित्रमा रिपोर्ट पेश गर्नेछ ।

Comments

ताजा खबर