जापानमा रोजगार गुमाएकाहरुलाई डिसेम्बरसम्म राहत पाउने

२०७७, १३ भाद्र शनिबार १०:३९

टोकियो ।जापानमा कोरोना भाइरसका कारण रोजगारी गुमाएका ब्यक्तिका लागि जापान सरकारले उपलब्ध गराएको अनुदान आगामी डिसेम्बर महिनासम्म लिन सकिने भएको छ ।

आगामी महिनासम्म तोकिएको समयावधिलाइ बढाउदै स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले डिसेम्बरको अन्त्यसम्म विस्तार गर्ने निर्णय गरेको हो ।

यदि कुनै कम्पनीले आफ्नो रोजगारी कायम राख्न नसकी बिदा दिएमा तथा बिक्री घटेर लामो समय कर्मचारीलाई बिदा दिएमा यस्तो अनुदानको लागि आबेदन गर्न सकिन्छ । नयाँ कोरोना भाइरस संक्रमणको कारणले रोजगार समायोजन अनुदान अन्तर्गत सरकारले कम्पनिले बिदा राखिदिएमा तथा आम्दानी ६० प्रतिशतभन्दा न्युन भएमा योग्य ठहराउने गर्दछ ।

यसै बर्षको फेब्रुअरी देखि, स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले नयाँ कोरोनाभाइरसबाट प्रभावित कम्पनीहरूका लागि विशेष उपायहरू कार्यान्वयन गरिरहेको छ । जस अन्तर्गत कामदारमा पर्न सक्ने आर्थिक भार र कम्पनिहरुको भुक्तान आवश्यकताहरू कम गर्न र दैनिक अधिकतम १५,००० येन सम्म उपलब्ध गराउदछ ।

गत फेब्रुवरी महिना यता यो अनुदानको लागी ८८४,८६३ आबेदन परेको मन्त्रालयले जनाएको छ । जसमध्ये ७७७,६३३ जना आबेदकले प्रक्रिया पुरा गरेर भुक्तानी बुझिसकेका छन् ।

रोजगारीको स्थिति बिग्रँदो अवस्थामा अर्को वर्ष जनवरीदेखि भने सरकारले विशेष कदम चाल्ने बताएको छ ।

Comments

ताजा खबर