पञ्चायतकालिन ऐतिहासिक भवन जिर्ण, संरक्षणमा चासो देखिएन

२०७७, १० भाद्र बुधबार २२:११

स्याङ्जा । पञ्चायतकालिन इतिहास बोकेको सरकारी भवन जिर्ण बनेको छ । पुतलीबजार नगरपालिका वडा नम्बर ४ झौरीखेतमा रहेको यो भवन संरक्षणमा कसैको चासो नपुगेको स्थानीय दिपक गौतम बताउछन ।

यो भवनमा बिगतको समयमा गणेशपुर गाउँपञ्चायतहुदै गणेशपुर गा.वि.स. को कार्यालय समेत सन्चालन भएको थियो । जिर्ण भवन पुतलीबजार नगरपालिका वडा नम्बर ४ को मध्यभागमा रहेको छ । सार्बजनिक सम्पतीको उपभोग र संरक्षण हुन नसक्दा स्थानीयले चिन्ता ब्यक्त गरेका छन । पहिला पञ्चायत भवन भनेर चिन्ने गरिन्थ्यो, अहिले त्यस सरकारी सम्पती ब्याक्तीको शौचालय जस्तै बन्न पुगेको र उक्त सरकारी सम्पती मा पुतलीबजार नगरपालिका को वडा नं ४को वडा कार्यालय बनाउन हरेक किसिमले उपयुक्त देखिने स्थानीय समाजसेवीहरु बताउछन ।

तस्बिर : दिपक गौतम, स्याङ्जा

भवनमा मोटरवाटो सबै सुविधा रहेको छ । वडा कार्यालयको भवन बनाउनको लागी जग्गा खोजी भईरहेको अवस्थामा यी भवनको मर्मत गरि कार्यालय सन्चालन गरे भवनको संरक्षण हुनसक्ने स्थानीय खेमराज सुवेदी बताउछन । उनी भन्छन मैले पनि ब्यक्तिगत रुपले पटक पटक त्यसको कुनै पनि स्वरुपमा संरक्षणको लागि मौखिक अनुरोध गरे तर सुनुवाइ भएको देखिदैन । त्यस साबिक पन्चायत भवनको हालको दुरावस्था देख्दा मन दुख्छ संरक्षण होस स्थानीय जनप्रतिनिधिज्युहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।
वडानम्बर ४ का अध्यक्ष ओम खड्काले यो भवनको क्षेत्रफल न्यूनमात्रामा रहेको हुँदा अहिले वडाकार्यालय बनाउन जग्गा थोरै हुने र वडाकार्यालयको लागी हाल कार्यालय रहेको स्थानमा नै वडाको कार्यालय भवन बनाउने बताए । तत्कालै यो भवनको सदुपयोग गर्न नसकिने र नगरपालिकाले केही योजना बनाएर सामुदायिक भवन बनाएर भवनको संरक्षण गर्ने अध्यक्ष खड्काले बताए ।

सार्बजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सबैको हो स्थानीयले योजना बनाई नगरपालिकाको समन्वयमा संरक्षण गरेमा स्थानीयलाई लाभ हुने र ऐतिहासिक भवनको संरक्षण हुनेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु