आज थपिए ८८५ संक्रमित, कुल संक्रमितको संख्या ३४,४१८ पुग्यो

२०७७, १० भाद्र बुधबार १८:२९

१० भदौ, काठमाडौं । आज बुधबार थप ८ सय ८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै हालसम्म कोरोना संक्रमित हुनेहरुको संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ८५ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म १९ हजार ५ सय ४ जना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु