कोरोनाको जोखिम बढेपछि समुदायस्तरमा जाँच गरिएको ३ सय ३५ जना कै रिपोर्ट नेगेटिभ

२०७७, ९ भाद्र मंगलवार १६:५०

सन्ताेष गहतराज ,पाल्पा । तानसेन नगरपालिका पाल्पामा समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि उनिसंग सम्पर्कमा आएका सहित समुदायस्तरमा परिक्षणलाई स्वाब संकलन गरिएका ३ सय ३५ जना कै रिपोर्ट नेगेटिभ अाएकाे छ । विशाल बजारमा रहेका एक महिलामा साउन २८ गते कोरोना संक्रमण देखापरेपछि २९ गते देखि शिल गरिएको आसपासका क्षेत्रका एक घर एक व्यक्तिको स्वाब संकलन गरिएको थियाे ।

यस अगाडी वैदेशिक रोजगारीबाट फर्किएका , क्वारेन्टाइनमा बसेका र अस्पतालमा उपचार गराउन पुगेकाहरुमा मात्र संक्रमण देखिएको थियो ।
तानसेन नगरपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा संक्रमित महिलासंग सम्र्पकमा आएका १२ जना र समुदायका ३ सय २३ गरी ३३५ जनाको स्वाब संकलन गरिएको थियाे । तिन वटा बुथ मार्फत पाल्पा अस्पताल र लुम्बिनी मेडिकल कलेजका स्वास्थ्यकर्मी सहितको टोलीले स्वाब संकलन गरेको थियाे ।

समुदायस्तरमा फैलिएको छ वा छैन भनी नमूनाको रुपमा परिक्षण गरिरहेकोमा परिक्षणका लागि स्वाब पठाइएका ३ सय ३५ जनाकाे नै काेराेना रिपोर्ट नेगेटिभ अाएकाे जिल्ला स्वास्थ्य कार्यालय पाल्पा निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनु भयो ।

Comments

ताजा खबर