लाईसेन्स नविकरणमा जरिवाना छुट

२०७७, ८ भाद्र सोमबार १९:३७

काठमाडौं । कोरोना महामारीका कारण गत चैत ११ पछिको लकडाउन अवधिमा सवारी चालक अनुमतिपत्रको नविकरण अवघि सकिएर पनि नवीकरण गर्न नपाएका व्यक्तिले जरिवाना तिर्नुनपर्ने भएको छ ।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै लकडाउन अवधिमा म्याद सकिएका सवारीचालक अनुमति पत्रको नविकरण गर्दा भदौ मसान्तसम्म जरिवाना तिर्नुनपर्ने जानकारी दिएको हो ।
यसअघि पनि यस्तो सुविधा दिने भनिएपनि प्रणालीमा त्यस्तो छुट दिने गरी व्यवस्था नगर्दा यातायात कार्यालयले जरिवाना उठाएका थिए ।
विभागले सिस्टमलाई मोडिफिकेसन गरेर भदौसम्म नविकरण गर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको हो । गत साउन ५ गते वसेको मन्त्रिपरिषद वैठकले वन्दावन्दिको समयमा म्याद समाप्त भएर नविकरण गर्न नपाएका सवारी चालकहरको अनुमति पत्र नविकरण गर्दा जरिवाना नलाग्ने निर्णय गरेको थियो ।

Comments

ताजा खबर