उपत्यकाका तीन जिल्लामा खाद्यान्न तथा तरकारी पसल बिहान ९:१५ बजेसम्म मात्र

२०७७, ८ भाद्र सोमबार १०:५८

काठमाडौँ -उपत्यकाका तीन जिल्लामा खाद्यान्न तथा तरकारी पसल बिहान ९:१५ बजेसम्म मात्र खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकल अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदिको बिक्री बिहान ९:१५ बजेसम्म मात्रै गर्न पाइने निणर्य गरेको हो ।

दिनभर नागरिक तरकारी र खाद्यान्न किन्न भन्दै निस्किन थालेपछि यो निणर्य भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको सूचनामा भनिएको छ- ’अत्यावश्यक वस्तु र सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध खुल्ला राख्न सकिने’ लेखिएको छ । त्यस्तै, अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदि बिक्री वितरण गर्ने पसलहरू बिहान ९ :१५ बजेसम्म खोल्न सकिने जनाईएको छ ।

अत्यावश्यक सामाग्री खरिद बिक्री गर्दा अनिवार्य रूपमा स्वास्थ्य सचेतता अपनाउन पनि भनिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचाकार लागि उपत्यकाका तीनवटै जिल्लामा भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

 

Comments

ताजा खबर