समुदायस्तरमा कोरोना संक्रमण

२०७७, ७ भाद्र आईतवार १९:३४

किरण कौशल, पाल्पा । पाल्पामा समुदायस्तरमा ३ जनालाई कोरोना संक्रमण देखिएको छ । तानसेन नगरपालिका ८ की ३० बर्षिय एक महिला, रामपुर नगरपालिकाका ६ का २४ बर्षिय र ९ मा बस्ने ४५ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । रामपुरका २४ बर्षिय पुरुष हालै युएई बाट घर फर्किएका थिए भने ४५ बर्षिय पुरुष कपिलबस्तुबाट अध्यापनको लागी रामपुर आई डेरामै क्वारेन्टाइनमा बस्दै आएका थिए ।

घरमै बसिरहेकी तानसेन नगरपालिका ८ की ३० बर्षिय महिला भदौ ५ गते शुक्रवार विरामी भएर लुम्बिनी मेडिकल कलेजमा उपचारको लागि पुगेकी थिईन । महिलाको लक्षण देखिएर स्वाव पठाइएकोमा उनमा पोजेटिभ भेटिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । महिलाको कन्ट्रयाक ट्रेसिङ्गको आधारमा थप परिक्षण गरिने तानसेन नगरपालिकाले जनाएको छ ।

यस अघि तानसेन ४ मा पनि घरमै बसेकी ४० बर्षिया महिलामा कोरोना पोजेटिभ आएको थियो । उनी आफ्नै घरमा आईसोलेसनमा उपचाररत रहेकी छन् । रामपुर नगरपालिकाले समुदायस्तर बाट गरेको स्वाब संकलनको क्रममा दुईजना पुरुषमा संक्रमण देखिएको उनीहरुको कन्ट्रयाक ट्रेसिङ्गको आधारमा थप परिक्षण गरिने रामपुर नगरपालिकाले जनाएको छ ।

पाल्पा जिल्ला भरी हालसम्म ५ सय ६८ जनामा कोरोना देखिएको छ । उनीहरु मध्ये ५६४ जना भारत बाट आएका हुन् भने ४ जना समुदाय स्तरको महिला रहको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कोरोनाको कारण पाल्पामा १ जनाको मृत्यू भएको छ भने ५६१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । पाल्पामा भदौ ५ गते देखी १२ गतेसम्म निषेधाज्ञा लागु गरिएको छ ।

Comments

ताजा खबर