निषेधाज्ञाको पहिलो दिन शुनसान बन्यो तानसेन र सिद्धार्थ राजमार्ग

२०७७, ६ भाद्र शनिबार २१:४२
tansen

पाल्पा ।  कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि नियन्त्रणको प्रयास स्वरुप पाल्पा जिल्ला भरी एक हप्ताका लागि निषेधाज्ञा लागु भएपछि जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ ।

निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् । सवारी साधनको सञ्चालन रोकिएको छ भने समुहमा सर्वसाधारणको हिँडडुल प्रतिबन्धित छ । निषेधाज्ञाका कारण सिद्धार्थ राजमार्गको पाल्पा खण्ड सुनसान छ । राजमार्गमा सडक फराकिलो गर्ने काम भैरहेको छ ।

त्यस्तै निषेधाज्ञाको पहिलो दिन शनिबार सरकारी तथा अन्य कार्यालय बन्द भएका कारण पनी पाल्पाको सदरमुकाम तानसेन, रामपुर, हार्थोक, छहरा, प्रभास, डुम्रे आर्यभन्ज्याङ्ग लगाएत पाल्पाका ब्यापारिक क्षेत्रहरुमा सुनसान देखिएको छ ।

बिहानको ७ देखि १० बजे सम्म अत्यावश्यक दैनिक उपभोग्य सामानको बिक्री तथा खरिदका लागि खुला गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्ने संभावना देखिएपछी शुक्रबार मध्यरातिदेखि पाल्पा जिल्लाभरी पाल्पा प्रशासनले निषेधाज्ञा लागु गरिएको हो ।

तानसेन बिशालबजारकी एक महिलालाई कोरोना संक्रमण देखिएपछी समुदायमा जोखिम बढेको भन्दै उनको सम्पर्कमा रहेका ३ सय पैतिस जनाको कोरोना परिक्षण गरिएको थियो । जसमध्ये ३ सय २० जनाको रोपोर्ट आइसकेको छ । उनिहरु सबैको नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थय कार्यालय पाल्पाले जनाएको छ ।

Comments

ताजा खबर