शुक्रबार थप ६३४ जनामा कोरोना भाइरस पुष्टि भएको छ

२०७७, ६ भाद्र शनिबार १६:४९
काठमाडौं – शुक्रबार थप ६३४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।  काठमाडौं उपत्यकामा मात्र २१६ जना नयाँ संक्रमित फेला परेका छन् ।  देशभर अहिलेसम्म कोरोनाबाट ३१ हजार ११७ जना संक्रमित भएका छन। हालसम्म उपचार गरेर १८ हजार ३५० जना निको भएका छन् ।

पछिल्लो २४ घन्टामा यो तथ्यांक थपिएको हो । यससँगै कोरोनाबाट ज्यान गुमाउनको संख्या १४६ जना पुगेको छ । यसअघि शुक्रबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले १३७ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको थियो ।

Comments

ताजा खबर