शुक्रबार थपिए कोरोनाका ८ सय ३८ संक्रमित

२०७७, ५ भाद्र शुक्रबार १६:५५

शुक्रबार थप ८ सय ३८ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। थपिएका संक्रमितमा ५४६ पुरुष छन् भने २ सय ९२ महिला छन्।

त्यस्तै विगत २४ घण्टामा २५० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३० हजार ४ सय ८३ पुगेको गौतमले बताए।

 

Comments

ताजा खबर