बिधुत्तसर्टहुँदा करेन्ट लागेर एकको मृत्यु, गाउँका बस्तुभाउ र केही घरमा क्षति

२०७७, ५ भाद्र शुक्रबार ०८:५९

पाल्पा । हावाहुरीले बिधुत्तसर्ट हुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएकोछ । एक पुरुष घाईते भएका छन् । बिहिबार राती अत्यधिक हावा चलेको र बिधुत्तसर्ट हुँदा करेन्ट लागेर पाल्पाको रैनादेबीछहरा गाउँपालिका ६ खुन्धारा, जुठापौवाकी २७ बर्षिया दिल कुमारी रास्कोटी मगरको ज्यान गएको हो ।

सांकेतिक तस्बिर

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीका अनुसार करेन्ट लागेर गम्भिर घाइते भएकी रास्कोटीको उपचारका क्रममा तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा मृत्यु भएको हो । गिरीका अनुसार करेन्ट लागेर स्थानीय झमान पुन पनि गम्भीर घाइते भएका छन ।

बिधुत्तसर्ट हुँदा नेपाने, पटुवाचौर लगाएतका गाउँमा केही बस्तुभाउ मरेका र घरमा समेत क्षति पुगेको पाल्पा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रातिको १:३० बजे बाट विद्युतमा समस्या आएको थियो । के कती कारणले विद्युतमा समस्या आएको हो यसबारे बुझ्ने प्रयास भैरहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु