पुजारीको गोली हानी हत्या

२०७७, ४ भाद्र बिहीबार ११:०१

रौतहट । यहाँको एक मन्दिरका पुजारीलाई गोली हानी हत्या गरिएको छ । बुधबार राति करीब साढे ९ बजे माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाटोल स्थित  हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको कञ्चटमा गोली हानी हत्या गरिएको हो ।

 पुजारी साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताउनुभयो । मन्दिर परिसरमै पकाइएको खाना तयारी अवस्थामा रहेका बेला पुजारी साहलाई गोली हानी हत्या गरिएको छ ।  जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक रविराज खड्कासहितको  टोलीले घटनास्थलमा पुगेर  अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो ।

पुजारी साहको शव परीक्षणकाका लागि राति नै जिल्ला अस्पताल गौर ल्याइएको छ । सो क्षेत्रमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको जनाइएको छ   

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु