तिनाउमा पक्की पुल निर्माण कार्य सम्पन्न

२०७७, २ भाद्र मंगलवार २०:१३

पाल्पा -तिनाउ गाउँपालिका भित्रकाे विभिन्न स्थानमा निर्माण भैरहेको पक्की पुल निर्माण सम्पन्न भएका छन । दाेभान चाैकी देखि गाउँपालिका भवन बीचमा पर्ने झुम्सा खाेलामा बन्दै गरेको करिब ८ कराेड लागतको पक्की पुल संचालनमा अाएकाे छ । त्यस्तै गाउँपालिका भवन हुदै नुवाकोट जाने बाटाेमा पर्ने कचल खाेलामा निर्माण भैरहेको ८ कराेड लागतकाे पक्की पुल पनि संचालनमा अाएकाे छ । अब सिद्वबाबामा बाटाे बन्द भएमा दाेभानबाट नुवाकोट हुँदै बेलबास जाने बाटोबाट बुटवल जान सकिन्छ ।

त्यस्तै गरि रानीबगीमा झिगाँमारा हुदै कचल जाने बाटोमा पर्ने कचल खाेलाकाे झुसिलेघाटमा निर्माण भैरहेको ८ कराेड लगानीकाे पक्की पुल सम्पन्न हुने चरणमा पुगेको छ । चरचरेबाट काेलडाँडा,बिस्कुनडाडा जानेबाटाेमा पर्ने पक्की पुल पनि यसै अा वमा सम्पन्न हुने छ । झुम्साबाट सत्यवती जाने बाटाेमा पर्ने गाेखदी घाटमा यसै बर्षबाट पक्की पुल निर्माण शुरू हुने छ । साथै डुम्रे, कुसुमखाेला माेटरबाटाेमा पर्ने डुम्रे पानी मिल र चकल्दी कुसुमखाेला घाटमा यसै बर्ष पक्की पुल निर्माण हुनेछ ।

झुम्साबाट चाैकी भञ्ज्याङ जानेबाटाेमा १,१ कराेड लगाएतका ३ वटा कल्भर्ट निर्माण हुदैछ । दाेभान कचल माेटरबाटाेमा पर्ने कुर्मान खाेलामा यसै बर्ष प्रदेश सरकारबाट पक्की पुल सबै निर्माण हुदैछ । त्यसैले तिनाउका नागरिकहरूलाई खाेलाहरूमा माेटर बाटाे सहज हुदैछ ।

Comments

ताजा खबर