कल्याण आधारभुत विद्यालयकाे भवन सिलन्यास ।

२०७७, २ भाद्र मंगलवार १७:०९

सन्ताेष गहतराज , पाल्पा । पाल्पा जिल्लाकाे तिनाउ गाउँपालिका वडा न ५ चाैबिस माईल स्थित कल्याण आधारभुत  विद्यालयमा पुन निर्माण प्राविधिकरणबाट विनियोजित ७२ लाख रूपैयाँ लागतकाे चारकाेठे भवन सिलान्यास गरिएको छ ।

गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले उक्त भवनको सिलान्यास गर्नु भएको हाे । काेराेना भाइरस संक्रमणकाे कारण धेरै जनभेला नगरी विधालय व्यवस्थापन समिति र कामदारहरूबीच भवन सिलान्यास कार्यक्रम सम्पन्न गरिएको हाे । उक्त सिलान्यास कार्यक्रममा प्रधान्याध्यापक सुन्दर गाहा,विधालय व्यवस्थापन समितिका अध्यक्ष नारायण श्रेष्ठ,वडा न ५ काे वडा अध्यक्ष दल बहादुर दर्लामी र जिल्ला शिक्षा समिति सदस्य धनेन्द राज समेतको उपस्थिति रहेको थियाे  । कल्याणी अाधारभुत विधालय पहिला केराबारीमा कक्षा ५ सम्म संञ्चालनमा रहेको र विधार्थी सख्या ११ जना मा झरेकाेले मर्ज गर्ने कि अन्यत्र सारेर नया व्यवस्थापनकाे साथ संचालन गर्न शुरू गरेपछि हाल १ सय ६५ जना विद्यार्थी सख्या रहेकाे र कक्षा ८ सम्म संचालनमा रहेको छ । शिक्षक दरबन्दी जम्मा  ३ जना माग भएको   र निजि स्त्राेतबाट शिक्षक राखी संचालन गरिएको  प्र अ सुन्दर गाहाले बताउनु भयाे । कार्यक्रममा कल्याण आधारभुत विधालयमा भाैतिक व्यवस्थापन राम्रो रहेको  र शिक्षक दरबन्दी कम भए ता पनि  कक्षा ५ र ८ काे परिक्षाफल तिनाउ भरिका विधालय मध्ये उत्कृष्ट रहेकोमा गा पा अध्यक्ष ओम  बहादुर घर्ती मगरले हार्दिक धन्यवाद व्यक्त गर्नु भयाे । तिनाउ गाउँपालिका भित्र पुन निर्माण प्राविधिकरणबाट गतबर्ष ८ वटा र यश बर्ष १० वटा विधालय भवनको याेजना परेको समेत अध्यक्ष घर्ती मगरले बताउनु भयाे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु