कोरोनाको जोखिम बढेपछि समुदायस्तरमा जाँच

२०७७, २ भाद्र मंगलवार ०७:१०

पाल्पा । तानसेन नगरपालिका पाल्पामा समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि उनिसंग सम्पर्कमा आएका सहित समुदायस्तरमा परिक्षणलाई स्वाब संकलन थालिएको छ । विशाल बजारमा रहेका एक महिलामा साउन २८ गते कोरोना संक्रमण देखापरेपछि २९ गते देखि शिल गरिएको आसपासका क्षेत्रका एक घर एक व्यक्तिको स्वाब संकलन गरिएको छ । यस अगाडी वैदेशिक रोजगारीबाट फर्किएकार क्वारेन्टाइनमा बसेका र अस्पतालमा उपचार गराउन पुगेकाहरुमा मात्र संक्रमण देखिएको थियो ।
तानसेन नगरपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा संक्रमित महिलासंग सम्र्पकमा आएका १२ जना र समुदायका ३ सय २३ गरी ३३५ जनाको स्वाब संकलन गरिएको हो । तिन वटा बुथ मार्फत पाल्पा अस्पताल र लुम्बिनी मेडिकल कलेजका स्वास्थ्यकर्मी सहितको टोलीले स्वाब संकलन गरेको हो । समुदायस्तरमा फैलिएको छ वा छैन भनी नमूनाको रुपमा परिक्षण गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पा निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनु भयो ।
जिल्लाका १० वटै स्थानीय सरकारले समुदायस्तरमा कोरोना परिक्षण गर्न थालेका छन् । निस्दीले एक सय १८ जना गरेको छ भने पूर्वाखोला र रैनादेवी छहरा गाउँपालिकाले समेत सोमबार नै स्वाब संकलन गरिएको छ । यस अगाडी तानसेन नगारपालिकाका सुरक्षाकर्मी, व्यापारी, पत्रकार र स्वास्थ्यकर्मीहरुको परिक्षण गरिएको थियो । स्वाब संकलन गर्न थालेपछि समुदाय स्तरमा त्रास कम भएको र उत्साहित भएको स्थानीय नारायण बहादुर कार्कीले बताउनु भयो ।
जिल्लामा हालसम्म ४५ सय जनाको स्वाब संकलन गरी पिसिआर प्रविधिबाट कोरोना संक्रमणको परिक्षण गरिएको छ । ५ सय ६३ जना संक्रमण देखिएको मध्ये ५ सय ६० जना अन्य निको भएर घर फर्किएका छन् । संक्रमित २ जना आइसोलेसनमा रहेका छन् भने भारतबाट फकिएका एक जना कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

Comments

ताजा खबर