पोखरामा एक साताका लागि निषेधाज्ञा जारी

२०७७, १ भाद्र सोमबार १४:११

कास्की – पोखरामा एक साताका लागि निषेधाज्ञा जारी हुने भएको छ । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले आज रातिबाट एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

पोखरामा समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले दुई दिन यता कोरोना संक्रमण बढ्न थालेपछि एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिनुभयो । हालसम्म पोखरामा २ सय ४ जनामा संक्रमण पुष्टि भएको छ ।

Comments

ताजा खबर