नवलपुर समाज जापानले ब्लड क्यान्सर १२ वर्षिय बच्चाको उपचारको लागि रकम हस्तान्तरण ।

२०७७, १ भाद्र सोमबार ०८:२५

जापान ।  नवलपुर समाज जापानले ब्लड क्यान्सर पिडित मध्यविन्दु १० का सत्य अधिकारीको जीवन रक्षाका लागि नेपाली ९६ हजार ५ सय रुपैयाँ एक समारोहका बीच निवासमा पुगी सो रकम हस्तान्तरण गरेकोछ ।

नवलपुर समाज जापान नवलपुर बाट रोजगारी, पढाई , ब्यापार को सिलसिलामा मा जापान आउनु भएका हरुले सामाजिक सेवा गर्ने उदेश्य खोलियको सस्था हो तेही उदेश्य अनुसार आफ्नो जिल्लामा सामाजिक सेवा गरिरहेकोछ ।  

६ वर्षदेखी उपचारार्थ ब्लड क्यान्सर पिडित मध्यविन्दु १० का सत्य अधिकारीको जीवन रक्षाका लागि पिडित सत्य अधिकारीका हजुरबुवा थानप्रसाद अधिकारीले नातीलाई बचाईदिन सबैलाई आग्रह  गरिरहनु भएकोछ । 

सत्य अधिकारीको जीवन रक्षाका लागि आग्रह आयपछी नवलपुर  समाज जापानले सोही आग्रह लाई बुझेर  शनिबार नवलपुर जापान समाजले ब्लड क्यान्सर पिडित सत्य अधिकारीलाई आर्थिक सहयोग गरेको छ । नवलपुर समाज जापान माफर्त संकलन गरेको ५० हजार जापानी येन र नवलपुर समाज जापान कान्साई क्षेत्रिय समितिमार्फत संकलन गरिएको ३७ हजार जापानी येन गरि नेपाली ९६ हजार ५ सय रुपैयाँ शनिबार एक समारोहका बीच मध्यविन्दु १० अधिकारी निवासमा पुगी सो रकम हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरण कार्यक्रममा मध्यविन्दु नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चुराबहादुर थापाले सबैको सहयोगले विपन्न परिवारको उद्धार हुने बताउँदै सहयोगी समाजप्रति धन्यवाद् ज्ञापन गर्नुभयो । गैंडाकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नवराज कंडेलले नवलपुर समाज जापानले निरन्तर रुपमा गरेको सहयोगको साक्षि बनेको बताउँदै दिनदुःखीको सेवामा समाजले प्रशंसनिय कार्य गरेको र यस्ता कार्यमा सबै लाग्नुपर्ने बताउनुभयो ।

नवलपुर समाज जापान कान्साई क्षेत्रिय समितिका अध्यक्ष डिपी सापकोटा ‘सुरेश’ ले सत्य अधिकारीको ज्यान बचाउन जापानमा अभियाननै चलाएको बताउँदै सबै युवाहरुमाफर्त संकलन गरिएको रकम हस्तान्तरण गरिएको बताउनुभयो । समाजका सदस्यसँगै क्षेत्रिय समितिबाट रामप्रसाद खरेलका बुवा घनश्याम खरेल लगायतको पहलमा रकम संकलन गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रमको सहजिकरण गर्दै गैंडाकोट ८ निवासी सि.आर. कंडेलले नवलपुर समाज जापानका युवाहरुले आफुले गरेको कमाईबाट केही पैसा दुःखी र पिडित परिवार तथा समाजसेवामा खर्चने काम सराहनिय रहेको बताउनुभयो । सो अवसरमा समाजका सदस्य अर्जुन सापकोटा, सामाजिक अभियान्ता गणेश सापकोटा लगायत स्थानीय वासिन्दाको उपस्थिती रहेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु