जिल्ला प्रहरी कार्यालय पाल्पाद्वारा अबैध घरेलु मदिरा नष्ट ।

२०७७, ३२ श्रावण आईतवार २०:१०

सन्ताेष गहतराज , पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पा आईतवार ४ सय ५० लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले गरेको बिषेश प्रहरी कारवाहीमा तानसेन नगरपालिकाको बिभिन्न स्थानबाट अबैध रुपमा राखिएको घरेलु मदिरा करिब ४५० लिटर बरामद गरि जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रतिनिधि,स्थानिय जनप्रतिनिधि, पत्रकार,स्थानिय तथा बिभिन्न निकायका प्रतिनिधीहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

घरेलु तथा सामाजिक अपराधका घटनाहरुमा मदिरा कारण बन्ने गरेकाले कडाई गरिएको र घरेलु मदिरा नियन्त्रण अभियानलाई कढाइका साथ अगाडी बढाउने अभियान अन्तरगत अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरीले जनाएको छ। पाल्पामा पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय पाल्पाले घरेलु मदिरा नियन्त्रण अभियानलाई कढाईका साथ अगाडि बढाउदै ठुलाे मात्रामा घरेलु मदिरा नियन्त्रणमा ल्याई नष्ट गरेको छ ।

Comments

ताजा खबर