श्री गाेरख दल गण पाल्पाकाे आयोजनामा वृक्षारोपण ।

२०७७, ३२ श्रावण आईतवार २०:०४

सन्ताेष गहतराज , पाल्पा ।  पाल्पामा एक सिपाही एक विरूवा ,एक नागरिक एक फलफूल बिरुवा अभियान सँगै  पश्चिम नेपालको सुन्दर नगरी  पाल्पाको श्रीनगरमा बृहत् वृक्षरोपण गरिएको छ ।

नेपाली सेना श्री गोरख दल गण पाल्पाको आयोजनामा तानसेनको पर्यटकीय क्षेत्र श्रीनगरमा बृहत वृक्षारोपण गरिएको हो । श्रीनगर क्षेत्रको खालि क्षेत्रमा २ सय बढी विरुवा रोपण गरिएको गोरखदल गण पाल्पाका गणपति प्रमुख सेनानी जनक कुमार बस्नेतले जानकारी दिनुभयो । त्यस क्षेत्रमा खल्लुक र तेजपत्ता ५०-५०, कपुर २८, चिउरी २०, विभिन्न प्रजातिका कटहर १५,राइखन्यो,इपिलिपि,बइस १०-१०, अमला ७ गरि दुई सय विरुवा बृक्षारोण गरिएको गणपति बस्नेतले बताउनुभयो ।

प्रधानसेनापति कमाण्ड निर्देशीका २०७६ अनुसार गो ग्रिन क्याम्पीयन कार्यक्रम अन्तर्गत गणले सो अभियानलाई सफल बनाउन वृक्षारोपण कार्यक्रमलाई तिव्र बनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु