अंग्रेजी संस्करणको नेपालकाे नक्सा स्वीकृत, संयुक्त राष्ट्र संघमा पठाइने

२०७७, ३१ श्रावण शनिबार ११:५८

काठमाडौं -भारतद्वारा अतिक्रमित भूमि समेटेर नेपालले जारी गरेको नयाँ नक्साको अंग्रेजी संस्करणलाई स्वीकृती प्रदान गरिएको छ । नक्सालाई शुक्रबार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको हो ।

नापी विभागले नक्सा समितिमा निर्णय गरी स्वीकृतीका लागि मन्त्रालयमा पेश गरेको थियो । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा स्वीकृत गरेकी हुन् ।

नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको भूभाग समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक नक्सा राजपत्रमा समेत प्रकाशित गरेको थियो । विश्व जगतमा बदलिएको नेपालको मानचित्रबारे जानकारी गराउन जरुरी रहेको भन्दै अंग्रेजी संस्करणको नक्सा प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री अर्यालले अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र संघ, कुटनीतिक नियोगहरु, समग्र अन्तर्राष्ट्रिय जगतमा पठाउने बाटो खुलेको जानकारी बताइन् ।

Comments

ताजा खबर