नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

राहत लिएर गृहमन्त्री बादल सिन्धुपाल्चोक लिदी प्रस्थान ।

२०७७, ३० श्रावण शुक्रबार १४:४४

काठमाडौं ।  गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा २ स्थित लिदीमा गएको पहिरो निरिक्षण तथा उद्धार सामाग्री लिएर उडेका छन्।

नेपाली सेनाको हेलिकप्टरबाट गृहमन्त्री थापा सिन्धुपाल्चोक लागेका हुन। गृहमन्त्रीको टोलीमा गृहसचिव, विपद् प्राधिकरणका कार्यकारी प्रमुख रहेका छन्। सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगेका छन्।

पहिरोमा पुरिएकामध्ये तीन जनाको शव निकालिएको छ। पुरिएका ३८ जनामध्ये हालसम्म ३ जनाको शव निकालिएको वडा अध्यक्ष प्रताप लामाले जानकारी दिए। शवको पहिचान हुन सकेको छैन। उनका अनुसार ‍पहिरोलो ३७ वटा घर पुरेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु