एनसेल आजियाटाले ल्यायो आकर्षक ‘अल्ट्रा वाइफाई सिम प्लस’, ।

२०७७, ३० श्रावण शुक्रबार १०:१२

काठमाडौं । एनसेल आजियाटाले ‘अल्ट्रा वाइफाइ सिमप्लस’ सेवा ल्याएको छ । चौथो पुस्ताको मोबाइल सेवा फोरजी÷लंग टर्म इभोलुसन (एलटीई) नेटवर्क विस्तार गरिएका सबै स्थानमा उपलब्ध हुने गरी यो सेवा ल्याएको कम्पनीले बताएको छ ।

घर तथा साना कार्यलयको प्रयोजनका लागि यो सेवा उपयुक्त हुने एनसेलको भनाइ छ । अल्ट्रा वाइफाइ सिमप्लस उपभोक्ताका लागि मासिक ४० जीबी डेटा भोलुम बन्डल सहितको एक विषेश सिम कार्ड हो । वाइफाइ सेवाका लागि बन्डल डेटाबाहेक ग्राहकले २ ओटा सिम पाउने छन् । आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत कम्पनीले वायरलेस कनेक्टिभिटीको बढ्दो मागलाई सम्बोधन गर्न देशैभर विस्तार गरिएको फोरजी नेटवर्कमा रहेका उपभोक्ताकालाई लक्षित गर्दै यो सेवा ल्याएको हो । ग्राहकले यो सिम कार्डलाई आफ्नो मोबाइल ह्यान्डसेट अथवा कुनै पनि फोरजी सर्पोट गर्ने डिभाइस, मीफी डिभाइस वावायरलेस डिभाइसमा यो सिम राखी डेटा कनेक्टिभिटी र वाइफाइ हटस्पटको सेवा लिन सक्ने छन् ।

यो सेवाको शुल्क वार्षिक शुल्क योजनाअन्तर्गत करबाहेक मासिक रू. ४३० तोकेको छ । ग्राहकले अल्ट्रा वाइफाइ सिमप्लस सेवामा वायरलेस डेटा सेवाका लागि मासिक रूपमा ४० जीबी वायरफ्रीप्लस डेटा पाउँछन् । यसका साथै बन्डल प्याकेजका रूपमा प्रत्येक महीना ५ जीबी डेटा, ५० मिनेट अन नेट टक टाइम, प्रभु टिभी र दामी म्यूजिक डिजिटल सेवाहरू पाइने २ ओटा फोरजी सिम पाउने छन् ।

Comments

ताजा खबर