तानसेनको समुदायमा कोरोना, प्रशासन द्वारा बिशालबजार क्षेत्रमा सिल गरियो

२०७७, २९ श्रावण बिहीबार २१:४९

पाल्पा । पहिलो पटक तानसेनमा समुदायका व्यक्तिमा कोरोना संक्रमण देखिएकाे छ । घरमै बसेकी एक महिलामा कोरोना संक्रमण देखिएको हो । तानसेन ४ विशालबजारमा रहेकाे घरमै बसेकी ४० वर्षिया महिलामा सङ्क्रमण देखिएकाे जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
समुदायमा नै कोरोना संक्रमण देखिएपछी जिल्ला प्रशासन कार्यालय पाल्पाले तानसेन नगरपालिका वडा नम्बर ४ को बिशालबजार क्षेत्रमा सिल गरेको छ । बुधबार राती ८ बजे देखि अर्को निर्देशन नहुदा सम्म तानसेनको गौरीशंकर होटल, हुलाकमोड, पेट्रोलपम्प र टक्सार माछा पसल सम्मको बिशालबजार वरिपरिको क्षेत्रमा सिल गरिएको छ ।
सङक्रमित महिला लुम्विनी मेडिकल कलेजमा श्रीमान सहित आफन्तको उपचारका लागि पुगेको र शंका लागेपछि परीक्षण गरिएकाे थियो । बुधबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा बिहीबार रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै गएका श्रीमानको भने रिपोर्ट नेगेटिभ आएको छ । समुदायस्तरमै कोरोना देखिएपछि तानसेनमा त्रास फैलिएको छ । विहिबार थपिएकी संक्रमितसँगै तानसेनमा कुल संक्रमितको संख्या १५ पुगेको छ ।
जिल्लामा संक्रमितको संख्या ५ सय ६३ पुगेको हो । ५ सय ६० जना उपचार पछी डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको थियो ।

 

Comments

ताजा खबर