आजैमात्र कोरोनाका ५ सय २५ संक्रमित थपिएका छन्।

२०७७, २९ श्रावण बिहीबार १६:३७

काठमाडौं ।  आजैमात्र कोरोनाका ५ सय २५ संक्रमित थपिएका छन् तेस्तै काठमाडौं उत्यकामा एकैदिन १ सय २७ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय २७ जनामा संक्रमण पुष्टि भएको जनाए। संक्रमितमध्ये काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ जना छन्।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो। यसअघि हिजोमात्र एकैदिन १ सय ३८ जनामा कोरोना संक्रमण देखिएको थियो। आजैमात्र कोरोनाका ५ सय २५ संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ। त्यस्तै, ९५ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ

Comments

ताजा खबर