जिल्ला प्रशासन कार्यालयबाट बितरण हुने सवारी पास रोकियो

२०७७, २९ श्रावण बिहीबार ०७:३३

पाल्पा । नेपालमा कोरोना संक्रमण जोखिम बढेको भन्दै सवारी पास बितरण कार्य रोकिएको छ । कोभिड-१९ संक्रमणको उच्च जोखिमको अवस्थालाइ मध्यनजर गरी गृह मन्त्रालयबाट सबै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बितरण नगर्न निर्देशन दिएको हो । मन्त्रालयको निर्देशनमा अर्को ब्यवस्था नभएसम्मका लागि मिति २०७७।४।२९ गते देखि लागु हुने गरी सवारी पास बितरण नगर्न भनिएको छ ।
यो संगै एक जिल्ला बाट अर्को जिल्लामा जान नपाइने भएको छ ।

Comments

ताजा खबर