मन्दिर परिसरमै भगवती जात्रा

२०७७, २८ श्रावण बुधबार १७:०७

तानसेन । कोरोनाको कहरले जात्रा पर्व गर्न रोक लागएको बेला पाल्पाको भगवती जात्रा मन्दिर परिसरमै गरेर परम्परालाई जोगाइएको छ । वि.स.१८७१ देखी १८७२ सम्मको अंग्रेजसंगको युद्धमा नेपाली सेनाले जितगढी क्षेत्रमा विजय प्राप्त गरेको सम्झना स्वरुप वि.स. १८७६ देखी भगवती रथजात्राको रुपमा विजयउत्सव मनाउन थालिएको हो । विरता, राष्ट्रियता र देशभक्तिसंग जोडिएको दुई सय दुई औ भगवतीजात्रा मन्दिर परिसरमै मनाईएको हो । राष्ट्रिय महत्व बोकेको जात्रा भएकाले प्रदेश नं. ५ सरकारले पाल्पामा आज सार्वजनिक विदा दिएको छ । दिउँसो १२ बजेको साइतमा भगवती मन्दिर वरिपरी रथलाई घुमाईएको थियोे । व्यबस्थापन समिती, पुजारी, नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरीको सहभागिता रहेको थियो । भगवतीको रथलाई ३ पटक मन्दिरको परिक्रमा गराई सलामी दिइएको छ । तत्कालीन कर्णेल उजिरसिंह थापाको कमाण्डमा नेपाली सेनाले जितगढी नुवाकोट युद्धमा विजय प्राप्त गरेको थियो । लडाईमा जानु अघि कर्णेल सिंहले युद्ध जितेमा भव्यताका साथ भगवतीको सिंजुरजात्रा गर्ने भाकल अनुसार प्रत्येक भाद्र कृष्णपक्षको नवमी दिन विजयउत्सव मनाउने परम्परा रहदै आएको हो ।

Comments

ताजा खबर