सुनको मुल्यमा भारी गिरावट, तोलाको ९५ हजार ४ सयमा कारोबार

२०७७, २८ श्रावण बुधबार १३:१८

पाल्पा । नेपाली बजारमा लगातार उकालो लागिरहेको सुनको बजारमुल्मा बुधबार भने गिरावट आएको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ ६ हजार २ सय रुपैयाँले गिरावट आएको हो । सुनको मुल्यमा यति धेरै रकम गिरावट आएको भने पहिलो पटक भएको जानकारहरु बताउछन ।
प्रतितोला एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर ९५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बुधबार तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी बुधबार चाँदीको भाउ पनि प्रतितोला २ सय २५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय १० कायम भएको छ । मंगलबार नेपाली बजारमा चाँदीको बजारमूल्य एक हजार ४ सय ३५ कायम भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएसँगै नेपालमा पनि भाउ घटेको महासंघले जनाएको छ । कोरोना महामारीका कारण अस्वभाविक रुपमा दिन प्रतिदिन सुनको मूल्य उकालोलागेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु