आज भगवतीको रथ यात्राको दिन पाल्पा जिल्लामा सार्बजनिक बिदा

२०७७, २८ श्रावण बुधबार ०८:०६

पाल्पा । राष्ट्रियता जोगाउने पर्वको रुपमा लिइने ऐतिहासिक भगवतीको रथयात्राका दिन आज पाल्पा जिल्लाभर सार्वजनिक बिदा दिइएको छ । प्रदेश नम्बर ५ सरकारले गत बैशाख १७ गते राजपत्र प्रकाशन गरी भगवती जात्राको दिन सार्बजनिक बिदा दिने जानकारी दिएको थियो । यस बर्षको भगवतीजात्रा आज साउन २८ गते बुधबार परेको छ ।
यो संगै निश्चित पर्व मनाउने समुदाय र त्यो स्थान, रुकुम र रोल्पामा हुने भूमे पूजा, थारु समुदायले मनाउने बडकवा अतवारी पर्बको दिन थारु समुदाय लाई समेत सार्बजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले गरेको निर्णयले राष्ट्रिय गौरवको रुपमा मनाउदै आएको भगवती जात्राको प्रचारप्रसार र सम्मानमा इट्टा थपिएको जनाउदै प्रदेश सरकार प्रती आभारी भएको रणउजेश्वरी भगवती गुठीका अध्यक्ष राजेश्वर उदयले बताए ।
नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुशियालीमा पाल्पामा विजयोत्सवस्वरुप भगवती जात्रा निकाल्ने गरिन्छ । प्रत्येक वर्ष भाद्र कृष्णपक्षको नवमीका दिनको शुभसाइतमा ब्राह्मणबाट स्वस्ती वाचन गरी तानसेन बिचभागमा रहेको भगवतीको मन्दिरबाट ऐतिहासिक भवगती जात्रा निकाल्ने गरिन्छ । तर यो यो बर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण भगवतीको रथलाई बजार परिक्रमा नगराइने भएको छ ।

Comments

ताजा खबर