लामोदुरीको सार्बजनिक यातायात सञ्चालनमा पुनः रोक लगाईयो

२०७७, २६ श्रावण सोमबार २३:२०

पाल्पा । कोरोना संक्रमणको जोखिम उच्च भएसँगै सार्वजनिक यातायात सञ्चालनमा पुन: रोक लगाईएको छ । लामोदुरीमा सञ्चालन हुने सवारीसाधन भदौ १५ गतेसम्म रोक लगाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले यसअघि भदौ १ गतेदेखि चल्न दिने निर्णय गरेको थियो ।
कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको भन्दै सरकारले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

फाइल तस्बिर ।

बैठकले २ सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा यातायातका साधान भित्रिने र बाहिर जान नदिने निर्णय गरेको छ । कोरोनाका बिरामीहरूको संख्या २ सयभन्दा बढी भएका जिल्लाहरुमा अत्यावश्यक बाहेकका सवारी साधानहरुलाई भित्रिन र बाहिरिन नदिने निर्णय गरेको हो ।

Comments

ताजा खबर