गायक युवराज चौलागाईले लिएर आएर अर्को चर्चित गीत “तिम्रो माया पाउनलाई” ((भिडियो)

२०७७, २६ श्रावण सोमबार १८:२९

गायक युवराज चौलागाईले  आफ्नो चर्चित गीत “तिम्रो माया पाउनलाई” को लिरिकल भिडियो  लिएर बजारमा आएका छन् । ‘तिम्रो माया पाउन’बोलको गीतको म्युजिक भिडियो दर्शक श्रोता हरुले अत्याधिक मात्रामा रुचाइएको हुनाले र श्रोताको माग अनुसार उनले सोही गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन । उक्त गीत सर्बाधिक रुचाइएको गीत मध्ये पर्दछ।युट्युबमा २ करोड को हाराहारी मा भ्यूज बटुन्ल सफल उक्त  गीत चन्द्र ज्योती आले ले लेखेकी हुन् । गीतमा राजकुमार बगरले संगीत गरेका छन् भने राजन इशान को संगीत सम्योजन रहेको छ ।

 लिरिकल भिडियोमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा सहित गायक को स्टिल फोटो प्ले गरिएको छ । उक्त गीत को भिडियो नायक पल शाह ले नै डिरेक्सन गरेका हुन ।गीतमा प्रेमिका को लागी हर चिज गुमाएर  खुशी पार्न खोज्दा पनि माया पाउन नसकेको र पिडा धेरै सहनु परेको भाव र दृश्य प्रस्तुत गर्न खोजिएको छ ।
https://youtu.be/O0q-SXhQiXk

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु