बोक्सीको आरोपमा कुटपिट गर्ने २ जना पक्राउ

२०७७, २६ श्रावण सोमबार ०८:५७

पाल्पा । झारफुक गर्ने क्रममा बोक्सीको आरोप लगाई कुटपिट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । रामपुर नगरपालिका–८ सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा झारफुक गर्ने नवलपुर देवचुली – ४ का ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थानकी ३७ वर्षीया यममाया कुमाललाई पक्राउ गरेको हो ।
स्थानीय बलबहादुर कुमाल र १७ वर्षीय किशोरीलाई कुटपिट तथा अमानविय व्यवहार गरेको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी मदन गिरीले जानकारी दिए । पीडित कुमालले बोक्सीको आरोप लगाएर आफूहरुलाई अमानवीय व्यवहार गरेको उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरि कारबाही अघि बढाईएको पाल्पा प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते बनेकी किसोरीको शरिरमा चोटपटक भएका कारण तानसेन स्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भईरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु