क्वारेन्टाइनबाट भागेर घर पुगेका युवामा कोरोना संक्रमण

२०७७, २५ श्रावण आईतवार २१:३५

पाल्पा । क्वारेन्टाइनबाट भागेर घरमा पुगेका युवामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसंगै सिंगो गाउँ नै आतंकित बनेको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार ती युवाको स्वाब संकलन गरेर परीक्षणको लागि भैरहवा प्रयोगशाला पठाइएको थियो र आइतबार विहान उनको रिपोर्ट पोजेटिभ थियो ।
रम्भा माध्यमिक विद्यालय ताहुमा निर्माण भएको क्वारेन्टाइनमा संक्रमित युवा बसेका थिए। उनी १० दिन पहिले भारतबाट आएका थिए । रिपोर्ट आउन ढिला भएको भन्दै उनी रिसाएर शुक्रबार राती भागेर आफ्नो घर गएका थिए। शनिबार दिउँसो ती युवालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः क्वारेन्टाइनमा राखेको थियो ।
संक्रमण भएका युवाको गाउँ ओमभञ्ज्याङलाई अहिले पूर्ण रुपमा शिल गरिएको छ । यहाँका मानिसलाई बाहिर जान रोक लगाइएको छ। भने बाहिरबाट त्यहाँ जान निषेध गरिएको छ । ओम भञ्ज्याङमा प्रहरी परिचालन गरिएको उनले बताए। सोमबार स्वास्थ्यकर्मीको टोली पुगेर कन्ट्याक्ट ट्रेसिङ गरेर स्याम्पलको रुपमा स्वाब संकलन गर्ने तयारी भइरहेको रम्भा गाउँपालिकाले जनाएको छ ।
केही दिन अगाडी पाल्पालाई संक्रमण शुन्य भएको बताईएको थियो । क्वारेन्टाइनमा बसेकाहरुलाई परिक्षण नै नगरी घरघरमा पठाइएको थियो जसकाकारण समुदायमा त्रास कायम नै छ ।

Comments

ताजा खबर