पूर्व राष्ट्रिय क्रिकेटर पवन दास संक्रमित

२०७७, २४ श्रावण शनिबार १३:१६

पूर्व राष्ट्रिय क्रिकेटर पवन दास कोरोना संक्रमित भएका छन् ।

सामाजिक सञ्जालमार्फत पवन दास आफैँले आफूलाई संक्रमण भएको पुष्टी गरेका हुन् । उनी पछिल्लो समय गृहजिल्ला सप्तरीमा छन् । उमेर समूहमा राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका उनले पछिल्लो समय स्थानीय प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्।

कोरोना पोजेटिभ आएको रहेछ। म सँग १५ गतेपछि सम्पर्कमा आउन हुनेहरु कृपया सुरक्षित रहनुहोला। अरुलाई पनि सुरक्षित राख्नुहोला, दासले फेसबुकमा लेखेका छन्।

दासले पछिल्लो संस्करणको सप्तरी प्रिमियर लिग खेलेका थिए भने यू १५ र यू १७ मा राष्ट्रिय टीमबाट खेलिसकेका छन् । सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठका अनुसार उनीसंगै उनका बुवाआमालाई पनि कोरोना संक्रमण पुष्टी भएको छ।

Comments

ताजा खबर