कोरोना बाट पोखरामा एक जनाको मृत्युु

२०७७, २५ श्रावण आईतवार ०७:५९

पाल्पा । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत एक कोरोना संक्रमितको गएराति ११.३५  बजे मृत्यु भएको छ । पोखरा–१९ लामाचौरका  ६२ वर्षीय पुरुषको कोरोना संक्रमण बाट निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए।
उनी डाइयबिटिजका बिरामी थिए। उनलाई गत १७ साउनमा संक्रमण पुष्टि भएको र आइसीयुमा राखेर उपचार भइरहेको थियो ।

Comments

ताजा खबर