टोकियोमा आज थप ४६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि संक्रमण हुनेको संख्या १५१०७

२०७७, २३ श्रावण शुक्रबार १८:५३

टोकियो- टोकियोमा आज थप ४६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै टोकियोमा मात्रै कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १५१०७ पुगेको छ ।

टोकियोमा अहिलेसम्म ११ हजार ७ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् भने ३३३ जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जापानभरमा २८ हजार ८ सय ७७ जना सफल उपचारपश्चात कोरोनामुक्त भैसकेका छन् ।

जापानभरमा अहिलेसम्म कोरोना भाइरसको कारणले १ हजार ३५ जनाको मृत्यु पुष्टि भएको छ भने क्रुज पानीजहाजका यात्रुहरु सहितको यो संख्या १ हजार ४८ जना पुगेको छ ।

Comments

ताजा खबर