समाजसेवी श्रेष्ठद्वारा कावासोती १ का बिपन्न परिवारलाई घर हस्तान्तरण

२०७७, २३ श्रावण शुक्रबार १६:०६

नारायण प्रभु ,असार- २३ नवलपुर कावासोती १ हात्तिखोरका बिपन्न एक परिवारलाई घर हस्तान्तरण गरिएको छ।समाजसेवी तथा नेपाल तरुण दल केन्द्रीय बिभागका सचिब श्याम श्रेष्ठले आज एक कार्यक्रमका उनिहरुलाई नयाँ घर हस्तान्तरण गर्नु भएको हो।

कावासोतीको फलफुल चोक देखि कुम्सोत जोड्ने बाटो निर्माण गर्ने क्रममा घर भत्किएपछी आफ्नो बास नै उठेको भनेर श्रेष्ठ सँग सहयोग गरिदिन अनुरोध गरेपछी श्रेष्ठको सहयोगमा उक्त घर निर्माण गरिएको हो।श्रेष्ठकै पहलमा विभिन्न सहयोगीहरुको सहकार्यमा उक्त घर निर्माण गर्न सफल भएको श्रेष्ठ बताउछन।घर निर्माणमा आवश्यक पर्ने सिमेन्ट कावासोती ६ का वडाध्यक्ष हेमप्रसाद पाण्डेले समेत सहयोग गरेका छन।


श्रेष्ठको पहलमा निर्माण भएको घरमा सुरक्षित भएर बस्न पाउँदा आफुहरु निकै खुशी भएको घर धनी टक बहादुर परियारले बताए।श्रेष्ठ लागाएत सम्पुर्ण सहयोगीहरुलाई परियारले धन्यवाद समेत दिएका छन।श्रेष्ठलाई परिवारका सदस्य सहित गाउँलेहरुले भब्य स्वागत समेत गरेका छन।

 

कार्यक्रम भैरहदा नेपाल तरुण दल केन्द्रिय बिभागका सदस्य पासाङ नुर्पु शेर्पाले समेत उक्त परिवारलाई नगद ५००० सहयोग गरेका छन।आफू यस जिल्लामा व्यक्तिगत कामले आइरहदा यस परिवारको दुख देख्न नसकेर थोरै भए पनि सहयोग गरेको शेर्पाले बताएका छन।कार्यक्रममा कावासोती ६ का वडाध्यक्ष हेम प्रसाद पाण्डे,नेपाल भुतपुर्व सैनिक सँघ नवलपुरका अध्यक्ष लालचन श्रेष्ठ,कावासोती १ का सदस्य माधब भन्डारी, माया गुरुङ लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो।

Comments

ताजा खबर