३८१ कोरोना संक्रमित थप,कुल संख्या २१ हजार ३९० पुगेको छ

२०७७, २१ श्रावण बुधबार १६:५९

नेपालमा आज (बुधवार) ६,३५९ पिसिआर टेस्ट भएकोमा थप ३८१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ६१७४ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ । हाल क्वारेन्टाइनमा ९,९२५ जना रहेका छन । पछिल्लो २४ घण्टामा १३० जना र आज सम्म १५,१५६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा ५७, ललितपुरमा ५ जना गरेर उपत्यकामा ६२ जना संक्रमित थपिएका छन |त्यस्तै हालसम्म मृतक ६० जनामा काेराेना पुष्टि भएकाे छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु