सोमबार थप ४ सय १८ जनामा कोरोना पुष्टि ,कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ।

२०७७, १९ श्रावण सोमबार १७:१७

सोमबार थप ४ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

आज थपिएकासहित हालसम्म कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकासहित हालसम्म १४ हजार ९ सय ६१ जना कोरोनाबाट निको भएका छन्।

हालसम्म ३ लाख ९८ हजारकाे पिसिआर परीक्षणा भएकाे छ।

देशभर ५ हजार ७ सय ३२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

 

Comments

ताजा खबर