सुनको मूल्य स्थिर, तोलाको ९९ हजार ६ सय

२०७७, १९ श्रावण सोमबार १२:२५

काठमाडौँ । निरन्तर रुपमा बढेको सुनचाँदीको बजार मुल्य सोमबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार  प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएको सुन सोमबार पनि सोही मुल्य प्रति तोला ९९ हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । सुनको म मुल्य अहिलेसम्म कै उच्च मुल्य हो । सोमबार तेजावी सुनको मुल्य प्रति तोला ९९ हजार १६० मा कारोबार भइरहेको छ भने चाँदीको मुल्य  प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहेका बेला सुनको भाउ भने दिनदिनै उकालो लागेको थियो  ।

Comments

ताजा खबर