मेलम्चीमा पहिराे जाँदा आठ जना बेपत्ता ।

२०७७, १९ श्रावण सोमबार ११:३७

सिन्धुपाल्चोक । मेलम्ची, नगरपालिका ११ मेलम्ची बजारमा पहिराे जाँदा आठ जना बेपत्ता भएका छन् ।

अविरल वर्षापछि साेमबार बिहान खसेकाे पहिरोमा पुरिएर उनीहरू बेपत्ता भएका हुन् । कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

माथिबाट रुखसहित आएको पहिरोले जस्ताको टहरो पुरिएको उपप्रमुख भगवती नेपालले जानकमारी दिनुभयो ।

एक जनाको भने जिवितै उद्घार गरिएकाे तामाङले बताउनुभयाे । उद्धार गरिएकाको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा प्राथमिक उपचार गरी काठमाडौं पठाउन लागिएको नेपालले बताउनुभयाे ।

उहाँका अनुसार पहिराेमा भारतीय नागरिक पनि पुरिएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी गर्दै छन् ।

Comments

ताजा खबर