सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो जाँदा एकको जीवितै उद्दार,८ जना बेपत्ता l

२०७७, १९ श्रावण सोमबार १०:०३

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । एक जनालाइ प्रहरीले उद्धार गरेको छ । गएराति करिब दुई बजेतिर आएको पहिरोमा कभर्ड हल निर्माणमा खटिएका कामदारहरु पुरिएका हुन् ।

तीन बजेतिर उद्धारमा खटिएको प्रहरी टोलीले तीन घण्टाको प्रयासमा एक जना भारतीय नागरिकलाई जीवितै उद्धार गरेर प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले आठ जना मजदुर पहिरोमा पुरिएको र पुरिएकाहरुको खोजी प्रयास भइरहेको बताए । पहिरो गए पश्चात नेपाली सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु