थप २४६ जनामा कोरोना संक्रमण

२०७७, १८ श्रावण आईतवार १८:१७

प्रदेश नं १ का २७ सहित नेपालमा आज २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज २४६ जनामा थप संक्रमण पुष्टि हुँदा नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफींगमा प्रवक्ता डा जागेश्वर गौतमले दिनु भएको जानकारी अनुसार ८ हजार ८६१ वटा पीसीआर परीक्षण गरिदा २४६ वटा नतिजा पोजेटिभ आएको छ ।


मन्त्रालयले दिएको जानकारीमा प्रदेश नं १ मा आज मोरङमा १६ र सुनसरीमा ११ जनामा कोरोना संक्रमण देखिएको छ । आज थप २७ जनामा संक्रमण पुष्टि हुँदा प्रदेश १ मा संक्रमितको संख्या १ हजार १०९ पुगेको छ । जसमा ८५८ निको भएर घर फर्कदा २५१ जना उपचारको क्रममा रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १११ जना अस्पतालबाट डिस्चार्ज हुँदा अहिले सम्म निको भएर घर फर्कनेको संख्या १४ हजार ६०३ पुगेको छ । जुन कुल संक्रमितको ७१.८ प्रतिशत रहेको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको रुपमा ५ हजार ६७२ जना आइसोलेशनमा रहेर उपचाररत रहँदा क्वारेन्टाइनमा बस्ने मानिसहरुको संख्या १० हजार ९३४ रहेको समेत मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा आज थप एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । पर्साकी ६८ बर्षीय महिलाको आज निधन हुँदा नेपालमा कोरोनाका मृत्यु हुनेको संख्या ५७ पुगेको मन्त्रलायले पुष्टि गरेको छ ।

Comments

ताजा खबर