२८ घण्टा पछी खुल्यो अवरुद्ध सिद्धार्थ राजमार्ग

२०७७, १८ श्रावण आईतवार १६:३६

पाल्पा । पहिरोको कारण वाटो नै भासिएर आईतवार मध्यान्ह देखी अवरुद्ध भएको सिद्धार्थ राजमार्ग २८ घण्टा पछी एकतर्फी खुलेको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने समेतको टोलिले स्थलगत अनुगमन गरी सडक खुलाईएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएकाृ छ । सडक भासीएर जोखिम वढेपछी ठुला सवारीका साधन संचालनमा रोक लगाइएको थियो ।

सिद्धार्थ राजमार्गमा एकतर्फी रुपमा ठुला सवारी साधन समेतसञ्चालनमा आएपछी तानसेन–बुटवल सडकखण्डमा सवारीको चाप वढेको छ ।
धेरै स्थानमा ढुङ्गासहितको पहिरो खस्दा राजमार्गमा यात्रा निकै कष्टपुर्ण बनेको छ । पाल्पा प्रशासनले राजमार्गमा यात्रा गर्न जोखिम बढेकाले पाल्पा – बुटवल सडक खण्डमा रातको ८ देखि बिहान ६ बजे सम्म सवारी आवागमनमा रोक लगाइएको छ ।

Comments

ताजा खबर