सुनको मूल्य प्रतितोला ९९ हजार ६ सय

२०७७, १८ श्रावण आईतवार १३:५४

काठमाडौं -सुनको भाउ तोलामै करिब एक लाख रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज ३ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ थियो ।महासंघले आइतबारका लागि तेजाबी सुनको भाउ भने ९९ हजार एक सय ६० रुपैयाँ तोकेको छ । यसैगरी चाँदीको भाउ तोलामा १२ सय ३० रुपैयाँ पुगेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु